सामान्य घरायसी विवादमा खुकुरी प्रहार गर्दा झापाको कमल गाउँपालिका– २ मा एक महिलाको ज्यान गएको छ ।
३४ वर्षीय रामजी थापाले खुकुरी प्रहार गर्दा २४ वर्षीया श्रीमती रिताको ज्यान गएको हो। थापाले शनिबार साँझ २४ वर्षीया श्रीमती रितामाथि खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारवाट गर्धनमा गम्भीर चोट लागेकी रीताको केही समयपछि घटनास्थलमै मृत्यु भएको थियो । थापालाई प्रहरीले शनिबार राति नै पक्राउ गरेको छ ।





























प्रतिक्रिया