लेटाङ नगरपालिकाले आथिर्क वर्ष ७८–७९ का लागि ९० करोड ८६ लाख २७ हजार रुपैंयाँको बजेट ल्याएको छ।
बिहीबार नगरको नवौं नगरसभाले उक्त बजेट बहुमतले पारितसमेत गरेको छ। नगरसभामा नगर उप–प्रमुख कृष्णकुमारी निरौलाले उक्त बजेट नगरसभा समक्ष पेश गरेकी हुन्।
पालिकाले पूर्वाधार विकासतर्फ ४५ करोड ७० लाख ७० हजार, सामाजिक विकास तर्फ २८ करोड ४३ लाख १२ हजार, आर्थिक विकासमा २ करोड ८९ लाख ९५ हजार र कार्यालय संचालन तथा प्रशासनिक खर्चमा १० करोड ९६ लाख गरि ९० करोड ८६ लाख २७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको हो।
कुल बजेटको चालुतर्फ ४६.४ प्रतिशत र पुँजीगततर्फ ५३.६ प्रतिशत रहेको छ।
लेटाङ नगरले गत आर्थिक बर्ष ७७ करोड ७६ लाख ३२ हजार ८१८ रुपैंयाँको बजेट प्रस्तुत गरेकोमा यस बर्ष भने गत सालको भन्दा १६ं.९८ प्रतिशत अर्थात १३ करोड १८ लाख ९४ हजार १८२ रुपैंयाँ बढाएर बजेट प्रस्तुत गरेको नगरकी उप–प्रमुख कृष्णकुमारी निरौंला पोखरेलले जानकारी दिइन्।
प्रस्तावित बजेट पूर्तीका लागि संघिय सरकारबाट प्राप्त समानिकरण अनुदान १२ करोड ५० लाख, राजश्व वाँडफाँटबाट ९ करोड ८५ लाख ६३ हजार ४८० रुपैंयाँ ,सशर्त २० करोड ९३ लाख, संघीय सरकार समपुरक अनुदान १ करोड १५ लाख, संघीय सरकार विशेष अनुदान १ करोड ९९ लाख, संघीय सरकार अन्य अनुदान ५० लाख रहेको उल्लेख गरिएको छ।
त्यस्तै प्रदेश सरकारवाट समपुर अनुदान १ करोड, समानिकरण अनुदान ७२ लाख ११ हजार, सशर्त अनुदान १ करोड ५० हजार, जिल्ला समन्वय समितिबाट ५८ लाख ४३ हजार, आन्तरिक राजश्वबाट प्राप्त हुने १९ करोड ७१ लाख २ हजार ५ सय २० रुपैंयाँ र गत वर्षको अनुमानित नगद मौज्दात २० करोड, नगद सहभागिता १ करोड ५० लाख रहने बजेटमा उल्लेख गरिएको छ।































प्रतिक्रिया