राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण रोकिने

राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण रोकिने

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण रोकिने भएको छ। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएपछि नेपालले टिमको तयारी रोक्ने भएको हो।

स्पेनमा तय भएको नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको सिरिज २०२२ को जुलाईसम्मका लागि स्थगित भएको थियो। आईसीसीले कोरोना महामारीका कारण सिरिज स्थगित गरिएको जनाएको छ।

क्यानका म्यानेजर विनोद दासले खेलाडी र प्रशिक्षकसँगको छलफलपछि टिमको तयारी केहि समय रोक्ने निर्णय गरेको बताए। सिरिजका लागि नेपालले कीर्तिपुरस्थित टियु मैदानमा मंगलबारबाट प्रशिक्षण सुरु गरेको थियो। क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको थियो।

लिग–२ अन्तर्गत नेपालले यस अघि घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ । लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ। 

ओमान १० खेलमा १६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ । लिग–२ अन्तर्गत नै ओमानमा तय भएको नेपाल, ओमान र अमेरिकाबीचको सिरिज भने स्थगित भएको थियो।

Skip This
Skip This
Logo