एमाले महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बस्दै

एमाले महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बस्दै

केन्द्रबिन्दु
0
Shares

नेकपा(एमाले)ले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको नेकपा(एमाले)को स्थायी कमिटी बैठकले असार १६ गते पार्टीको १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताए। 

राष्ट्रिय राजनीतिको सम्बन्धमा केही निर्णयहरु गर्नुपर्ने भएकाले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउनुपरेको उनले बताए । 

उनले भने–‘पछिल्लो राजनीतिक स्थिति, कोभिड महामारीको अवस्था, प्राकृतिक विपतिहरु र राष्ट्रिय राजनीतिका विभिन्न आयामहरुको संक्षिप्त तर गहन छलफल गरेका छौँ । यो विषयमा थप केही निर्णयहरु गर्नु आवश्यक भएको, अझ फराकिलो र उच्च तहबाट छलफल गरेर केही निर्णयहरु निकाल्नु पर्ने भएको हुनाले १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बिहान ११ बजे काठमाडौंमा बस्नेगरी बैठक आव्हान गर्ने निर्णय बैठकले गरेको छ ।’

प्रवक्ता ज्ञवालीले बैठकले पार्टी सदस्यता नवीकरणको कामलाई तिव्रता दिन मातहतका कमिटीलाई निर्देशन दिएको पनि बताए । उनले एमालेलाई एकताबद्ध बनाउनका लागि हरसम्भव प्रयास गरिरहेको पनि बताए । एमाले एकताबद्ध भइरहेमा मात्रै कम्युनिष्ट आन्दोलन, संविधान र राष्ट्रिय एकताको रक्षा गर्न सकिने भन्दै उनले आफूहरु एकताको पक्षमा रहेको बताए। 

प्रवक्ता ज्ञवालीले आफूहरु एकताको पक्षमा रहेपनि माधव नेपाल पक्षधर पार्टीलाई विभाजित गर्ने र प्रधानमन्त्री ओली नेतृत्वको सरकार गिराउनको लागि लागेको बताए। माधव पक्ष एकताको पक्षमा नरहेको जिकिर उनले गरे।

Skip This
Skip This
Logo