कांग्रेस प्रचण्डपथमा हिँडेको ओलीको टिप्पणी

कांग्रेस प्रचण्डपथमा हिँडेको ओलीको टिप्पणी

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस प्रचण्डपथमा हिँडेको टिप्पणी गरेका छन्।

स्वर्गीय जननेता मदन भण्डारीको ७०औं जन्मजयन्तीको अवसरमा सोमबार काठमाडौंमा आयोजत कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस प्रचण्ड पथमा हिँडेको बताएका हुन्। 

उनले कांग्रेसका नेताहरु नाथुराम गोड्से खोजी खोज्ने र फेला नपरे नाथुराम गोड्से आफैं हुने तहमा पुगेको दाबी गरे। कांग्रेस प्रचण्डपथमा हिँडेपछि प्रचण्डपथको छाँया न्यायालयमा पनि परेको दाबी प्रधानमन्त्री ओलीले गरे।

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतभित्रै हिंसालाई दुरुत्साहन गर्ने काम भइरहँदा पनि मौन बसेको भनी सर्वोच्च अदालतका न्यायाधीशको भूमिकाप्रति पनि असन्तुष्टी जनाए।

उनले भने, “आश्चर्य लाग्छ सर्वोच्च अदालतले हिंसालाई यस्तो दुरुत्साहन गर्ने वक्तव्य दिंदा रोक्ने काम गरेको पाइएन। यस्तो हिंसालाई दुरुत्साहन गर्ने काम अदालतमा गर्नु हुन्न अथवा विद्धान अधिवक्ताज्यूहरु तपाईंहरुले आफ्नो वक्तव्य सम्हालेर राख्नुहोस् भनेर के न्यायमुर्तिहरुले सुझाव पनि राख्न सक्नु हुँदैन?”

Skip This
Skip This
Logo