स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८५३ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ लाख ८८ हजार १८७ पुगेको छ।
नेपालमा आज २ हजार ४४४ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ९३५ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ९५० रहेको छ।
यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ६ लाख ३५ हजार १८८ जना र एन्टीजेन परीक्षणबाट ३३ हजार ३३ जना पुगेको छ।
आज ४२ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ५१ पुगेको छ।
आज ११ हजार ६४० जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३३ लाख २९ हजार ६८७ जनाको पीसीआर र १ लाख ७९ हजार ९४१ जनाको एन्टीजेन परीक्षण गरिएको छ।































प्रतिक्रिया