१७१ देशमा नेपालको बाह्य सम्बन्ध विस्तार

१७१ देशमा नेपालको बाह्य सम्बन्ध विस्तार

केन्द्रबिन्दु
0
Shares

नेपाल र पश्चिम अफ्रिकी देश सिएरा लिओनबीच आज कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको बाह्य सम्बन्ध १७१ राष्ट्रमा विस्तार भएको छ। 

दौंत्य सम्बन्ध स्थापना गर्ने सम्बन्धी संयुक्त सहमतिपत्रमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र उक्त विश्व संस्थाका निम्ति सिएरा लिओनका स्थायी प्रतिनिधि अलि काब्बाले न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा आज भएको संक्षिप्त कार्यक्रममा हस्ताक्षर गरे।

नेपाल र सिएरा लिओनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेशलाई अवगत गराउने संयुक्त जानकारीपत्रमा पनि दुवै देशका राजदूतले हस्ताक्षर गरेको उक्त नियोगले जनाएको छ।

Skip This
Skip This
Logo