राष्ट्रिय सभा अधिवेशनको तयारी पुरा, सहभागी हुने सदस्यहरुको एन्टीजेन परीक्षण

राष्ट्रिय सभा अधिवेशनको तयारी पुरा, सहभागी हुने सदस्यहरुको एन्टीजेन परीक्षण

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभाको आठौँ अधिवेशनको तयारी पुरा भएको छ। राष्ट्रिय सभाको आठौँ अधिवेशन भोलि (असार १७ गते बिहीबार) दिउँसो ४ बजेका लागि बोलाइएको छ। अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको संघीय संसद सचिवालयले जनाएको छ । 

राष्ट्रिय सभामा हाल १९ वटा विधेयकहरु रहेको र यस अधिवेशनमा ती विधेयकका साथसाथै समितिका प्रतिवेदनहरु र संवैधानिक निकायबाट आएका पत्रहरु प्रस्तुत हुने संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए । अधिवेशनको पहिलो बैठकमा अध्यादेशहरु पेश गर्नुपर्ने नियमावलीको व्यवस्था अनुसार अध्यादेशहरु पेश हुने पनि उनले बताए।

राष्ट्रिय सभा बैठकमा सहभागी हुने सदस्यहरुको बुधबार एन्टीजेन परीक्षण पनि गरिएको छ । संसद भवनमा समाचार संकलनका लागि जाने सञ्चारकर्मी, सुरक्षाकर्मी र संसद सचिवालयका कर्मचारीको पनि एन्टीजेन परीक्षण गरिएको छ।

Skip This
Skip This
Logo