पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च पार्टीले बेहोर्ने

पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च पार्टीले बेहोर्ने

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले पूर्वप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च बेहोर्ने भएको छ।

बुधबार बालुवाटारमा बसेको दशौं महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले नेता खनालको उपचार खर्च पार्टीले जिम्मा लिने घोषणा गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘पार्टीका वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च बेहोर्ने जिम्मा नेपाल सरकार र पार्टी अध्यक्षले लिनु भएकोमा धन्यवाद।’

नेता खनाल भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारत छन् । बैठकले उनको स्वास्थ्यलाभको कामना पनि गरेको छ।

Skip This
Skip This
Logo