कोपा अमेरिकाः क्वाटरफाइनलका खेल आज रातिबाट

कोपा अमेरिकाः क्वाटरफाइनलका खेल आज रातिबाट

केन्द्रबिन्दु
0
Shares

जारी कोपा अमेरिका फुटबलको क्वाटरफाइनल खेलहरु आज रातिबाट सुरु हुँदैछन्। 

ब्राजिलमा आयोजना भइरहेको कोपा अमेरिका अन्तर्गत शनिबार दुई खेलहरु हुनेछन् । पहिलो क्वाटरफाइनलमा पेरु र पाराग्वे भिड्दा दोस्रो खेलमा ब्राजिल र चिली प्रतिस्पर्धा गर्नेछन् ।

शनिबार हुने पेरु र पाराग्वेबीचको खेल नेपाली समय अनुसार शनिबार बिहान २ः४५ बजे सुरु हुनेछ । पहिलो क्वाटरफाइनलमा मैदान उत्रदा दुबै टिमको नजर सेमिफाइनलमा पुग्नु हुनेछ। त्यसका लागि दुवै टिम जीत निकाल्ने होडमा हुनेछन्। शनिबार हुने दोस्रो क्वाटरफाइनलमा ब्राजिल र चिली प्रतिस्पर्धा हुनेछ। 

दुईबीचको खेल शनिबार बिहान ५ः४५ बजे सुरु हुनेछ। उपाधि दाबेदार ब्राजिल र चिली दुबै टिम जीत निकाल्दै सेमिफाइनलमा पुग्ने योजनामा हुनेछन्। 

Skip This
Skip This
Logo