चिलीलाई हराउँदै ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
आज बिहान भएको क्वार्टरफाइनल खेलमा ब्राजिल अन्तिम चारमा पुगेको हो। ब्राजिलका लुकास पाक्केटाले खेलको ४६औं मिनेटमा एक गोल गरे । जुन गोल नै निर्णायक भयो।
खेलको ५० औं मिनेटमा ग्याब्रियल जिसस रातो कार्ड खाँदै मैदान बाहिरिएपछि ब्राजिल १० खेलाडीमा सीमित बनेको थियो।
अब ब्राजिलले सेमिफाइनलमा पेरुसँग खेल्नेछ। आज बिहान भएको खेलमा पाराग्वेलाई हराउँदै पेरु सेमिफाइनलमा पुगेको थियो।































प्रतिक्रिया