इंग्ल्यान्ड युरोकपको सेमिफाइनलमा

इंग्ल्यान्ड युरोकपको सेमिफाइनलमा

केन्द्रबिन्दु
0
Shares

युक्रेनलाई पराजित गर्दै इंग्ल्यान्ड युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । रोममा शनिबार राति भएको अन्तिम क्वाटरफाइनलमा युक्रेनलाई ४-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको हो ।

स्टाडियो ओलम्पिको स्टेडियममा चौंथो मिनेटमा कप्तान ह्यारी केनले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलकाे  ४६ औं मिनेटमा डिफेन्डर मग्वाएरले गोल गर्दै इंग्ल्यान्डलाई २-० को अग्रता दिलाए । खेलको ५० औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डको अग्रता तेब्बर बनाए । त्यसपछि खेलको ६३ औं मिनेटमा परिवर्तित खेलाडी हेण्डरसनले गोल गर्दै इंग्ल्यान्डलाई ४-० को जित दिलाए ।

अब इंग्ल्यान्डले सेमिफाइनलमा डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ ।

Skip This
Skip This
Logo