नारायणगढ-मुग्लिन सडकखण्डमा फेरि अवरुद्ध

नारायणगढ-मुग्लिन सडकखण्डमा फेरि अवरुद्ध

केन्द्रबिन्दु
0
Shares

नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ। भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा शनिबार राति १० बजे पहिरो खसेको हो। 

राति पहिरो खसेसँगै दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। पहिरो पन्छाउनका लागि डोजर त्यसतर्फ जाँदै गरेको र पानी परिरहेकाले पन्छाउन केही समय लाग्ने कार्यालयले जनाएको छ। 

शुक्रबार राति खसेको पहिरो शनिबार बिहान ९ बजे पन्छाएँंगै खुलेको थियो। बिहीबारदेखि यस सडकखण्डमा पटकपटक पहिरो खस्दै आएको छ। 

Logo