प्रतिनिधिसभा विघटन: आज सभामुख पक्षका अधिवक्ताले बहस गर्ने

प्रतिनिधिसभा विघटन: आज सभामुख पक्षका अधिवक्ताले बहस गर्ने

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा आज सभामुख अग्निप्रसाद सापकोटा पक्षका अधिवक्ताले बहस गर्ने भएका छन्।

वरिष्ठ अधिवक्ताहरू श्यामप्रसाद खरेल, लभकुमार मैनाली, उपेन्द्रकेशरी न्यौपाने, अधिवक्ताहरू मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले सभामुखका तर्फबाट बहस गर्दैछन्।

उनीहरूका लागि दुई घण्टा समय तोकिएको छ। सभामुखका तर्फबाट बहस सकेर आजै निवेदकको जवाफी बहस गर्ने तयारी छ।

यस अघि सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सरकारी पक्षका कानून व्यवसायीको बहस शुक्रबारदेखि सकिएको छ।  

महान्यायाधिवक्ता रमेश बडालले सोमबार सरकारी पक्षको बहसको प्रारम्भ गरेका थिए। सरकारी पक्षलाई १५ घण्टाको समय दिइएको थियो। त्यसमा सरकारी वकिल र प्रधानमन्त्रीका वकिलले सात, सात घण्टा बहस गरे।

उता रिट निवेदक शेरबहादुर देउवा लगायत पक्षका वकिलहरुले अघिल्लो हप्ता बहस सकेका थिए । देउवाको पक्षमा ३६ जनाले बहस गरेका थिए । 

Skip This
Skip This
Logo