प्रतिनिधिसभा विघटनः निवेदक पक्षबाट वरिष्ठ अधिवक्ता दाहालको जवाफी बहस सुरु

प्रतिनिधिसभा विघटनः निवेदक पक्षबाट वरिष्ठ अधिवक्ता दाहालको जवाफी बहस सुरु

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभा विघटनसम्बन्धि मुद्दामा निवेदक पक्षबाट वरिष्ठ अधिवक्ता हरिहर दाहालले जवाफी बहस थालेका छन्।

उनीपछि वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की र शम्भु थापाले जवाफी बहस गर्नेछन्। यसअघि निवेदक पक्षबाटै वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गरेका थिए। 

निवेदक पक्षका कानून व्यवसायीहरूको बहसपछि भने अदालतका सहयोगी (एमिकस क्युरी) हरूले राय दिनेछन्। राय दिने समय दुई घण्टा छ। 

सर्वोच्च बारबाट वरिष्ठ अधिवक्ताद्वय कोमलप्रसाद घिमिरे र प्रकाशबहादुर केसीलाई पठाएको तथा नेपाल बारबाट राघवलाल वैद्य र उषामल्ल पाठक एमिकस क्युरी छन्।

Skip This
Skip This
Logo