विपद् व्यवस्थापनमा कस्तो छ काठमाडौं महानगरको तयारी ?

विपद् व्यवस्थापनमा कस्तो छ काठमाडौं महानगरको तयारी ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाले मनसुनजन्य विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको बताएको छ।

सोमबार काठमाडौं महानगरपालिका विपद व्यवस्थापन विभागका प्रमुख रविन्द्रमान श्रेष्ठले भोलिका दिनमा आइपर्न सक्ने विपत व्यवस्थापनका लागि महानगरपालिका तयारी अवस्थामा रहेको बताए। नदीमा आउने बाढी घरभित्र पसेमा गरिने उद्धार तथा राहतका लागि महानगरपालिका तयार रहेको उनले बताए । 

बाढी घरभित्र पसेमा सरसफाई गर्ने लगायतका कामको लागि पनि तयार रहेको उनले बताए। आवश्यक जनशक्ति र र सामग्रीहरु पनि तयारी अवस्थामा रहेको उनले जानकारी दिए। धोविखोला, बल्खु खोला, बागमती, विष्णुमति नदीका किनारहरुमा डुवान हुने कुरालाई ध्यान दिँदै त्यहाँ विपद प्रतिकार्यका काम सुरु गरिएको पनि उनले बताए। 

उनले बाढी आएको खण्डमा दुई सय जना नगरप्रहरी तुरुन्त परिचालन गर्न सकिने जानकारी दिए । र्यापिड रेस्पोन्स फोर्समा भने ३० जना प्रहरी तुरुन्त परिचालन गर्न सकिने अवस्थामा रहेको उनले बताए। रेनकोट, बत्ति, गल, रुख काट्ने औजारहरु र स्लिपिङ ब्याग लगायतका अत्यावश्यक सामग्रीहरुको पनि व्यवस्था गरिएको प्रमुख श्रेष्ठले बताए।

Logo