‘स्मार्टडोको मनसुन अफर’ असार २२ गतेदेखि

‘स्मार्टडोको मनसुन अफर’ असार २२ गतेदेखि

केन्द्रबिन्दु
0
Shares

यस वर्षको मनसुनमा नेपालको नम्बर वान अनलाइन मेगास्टोर स्मार्टडोकोले ‘स्मार्टडोको मनसुन अफर’ ल्याउने भएको छ। हालै आइएमएस ग्रुपले स्मार्टडोकोको प्राप्तिपछि स्मार्टडोको नेपालमा नम्बर वान इकमर्श एप बन्न सफल भएको छ। 

यो अफर अन्तर्गत ग्राहकहरुले हरेक दिन एउटा सामसुङ घडी जित्ने मौका पाउनेछन्, यसका लागि १५ सयभन्दा बढीको सामान खरिद गर्नुपर्ने हुन्छ । कम्पनीले हिमालयन बैंकका प्रि–पेड र क्रेडिट कार्ड प्रयोगकर्ताका लागि १५ प्रतिशत क्यास ब्याकको (रु ५०० सम्म) अफरसमेत ल्याएको छ । स्मार्टडोकोले मनसुन र समरका सामग्रीहरु तथा इलेक्ट्रिोनिक्स, बेबी प्रोडक्ट, किचनवेयर र अन्य कैयौं सामानमा ७३ प्रतिशतसम्म छुट अफर ल्याएको छ। 

स्मार्टडोकोले सासमुङ, भिडियोकोन, हाइसेन्स, डा. ब्राउन, क्रेन, बीबीलुभ, सीजीजस्ता ब्राण्डहरुमा आकर्षक अफरसमेत ल्याएको छ। ग्राहकले विभिन्न प्रकारको क्याटेगोरी र सब–क्याटेगोरीमा १० हजारभन्दा बढी प्रोडक्टहरु खरिद गर्न सक्नेछन्। जहाँ ग्राहकले सजिलैसँग बेबी केयर इलेक्ट्रिोनिक्स फूड र ग्रोसरी, कोभिड अत्यावश्यक सामग्री, स्वास्थ्य र सुन्दरता, होम एण्ड लिभिङ र अन्य प्रोडक्टहरु सजिलै किन्न सक्नेछन्। 

स्मार्टडोकोका ग्राहकले शीघ्र र निःशुल्क डेलिभरी चक्रपथभित्र (न्यूनतम २५० रुपैयाँको खरिदमा) र चक्रपथबाहिर र काठमाडौं उपत्यकाबाहिर न्यून डेलिभरी शुल्कमा सामान प्राप्त गर्न सक्नेछन्। यो अफर २०७८ असार २२ गतेदेखि २०७८ असार २६ गतेसम्म मान्य हुनेछ।

Skip This
Skip This
Logo