हस्ताक्षर फिर्ता नलिए पनि नेपाल समूहका सांसदहरूलाई तत्काल कारबाही नहुने

हस्ताक्षर फिर्ता नलिए पनि नेपाल समूहका सांसदहरूलाई तत्काल कारबाही नहुने

केन्द्रबिन्दु
0
Shares

एमाले अध्यक्ष केपी ओलीले दिएकाे अल्टिमेटममा हस्ताक्षर फिर्ता नलिएका वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय २३ सांसदहरूलाई तत्काल कारबाही नहुने भएकाे छ। 

ओली निकट नेता विशाल भट्टराईले पार्टी एकता जाेगाउनु पर्ने दायित्व पनि भएकाले कारबाही प्रक्रिया नथालिने केन्द्रविन्दुलाई बताए। 

ओलीले गत बिहीबार बसेकाे पार्टीको १३  केन्द्रीय कमिटी बैठकमा साेमबार बेलुकी ५ बजेसम्म हस्ताक्षर लिन निर्देशनसहितकाे अल्टिमेटम दिएका थिए। 

तर, नेता नेपालले भने हस्ताक्षर फिर्ता नलिने जवाफ दिए। पार्टी एकताका लागि भन्दै २३ जेठमा पनि ओलीले ६ बुँदे प्रस्तावमार्फत्  हस्ताक्षर फिर्ता लिनुपर्ने बताएका थिए। 

१० जेठमा प्रतिनिधिसभा पुनःस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्तिकाे लागि परमादेशकाे माग गर्दै सर्वाेच्च अदालतमा दर्ता गराएकाे रिटमा माधवपक्षीय २३ सांसदले पनि हस्ताक्षर गरेका थिए।

Logo