कास्की ।
गण्डकी प्रदेशमा २४ घण्टामा ११९ जना कोरोना सङ्क्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ ।
प्रदेशमा सङ्क्रमितको सङ्ख्या चार हजार ६१७ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए।
कोरोना सङ्क्रमणका कारण प्रदेशमा हालसम्म ३८ जनाको मृत्यु भएको छ भने तीन हजार २२७ जना निको भएका छन् । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ३५२ जना पुगेको निर्देशनालयले जनाएको छ ।





























प्रतिक्रिया