नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा फैसला गर्ने दाबी गरेका छन्।
धनुषाको जनकपुरमा आयोजित एक कार्यक्रममा दाहालले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नसमेत अदालतले परमादेश जारी गर्ने बताएका छन्।
दाहाल हालै दिवगंत माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवप्रति श्रद्धाञ्जली व्यक्त गर्न जनकपुर पुगेका थिए। ‘अदालतले विपक्षी गठबन्धनको पक्षमा फैसला गर्छ। अब अदालतको आदेशले संसद् पुनःस्थापना भएपछि शेरबहादुर देउवाजी प्रधानमन्त्री बन्ने निश्चित जस्तै भएको छ,’ दाहालले भने।
श्रद्धाञ्जली सभामा दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका थिए। ‘ओली निरंकुश र लोकतन्त्रविरोधी बन्दै गएका छन्, उनले प्रतिगामी तत्वहरुको पक्षपोषण गर्दै आएका छन्,’ दाहालले भने।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस सकिएर असार २८ गतेका लागि अर्को पेशी असार २८ गतेका लागि तोकिएको छ। सर्वोच्च अदालतबाट उक्त मुद्दाको फैसला आउनुअघि प्रचण्डले जनकपुरमा दिएको अभिव्यक्तिलाई अर्थपूर्ण रुपमा हेरिएको छ।































प्रतिक्रिया