नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठकमा मंगलबार पनि कुनै सहमति नगरी स्थगित भएको छ।
सिंहदरबारमा बसेको बैठकमा असहमतिका विषयमा खुला छलफल भए पनि सहमति नभएको कार्यदलका सदस्य भीम रावलले जानकारी दिए।
सोमबारको बैठकमा विवादको विषयवस्तु उठान भएका, आज विषयमा छलफल गरिएको र भोलिको बैठकले अझ गहिराईमा गएर समीक्षा गर्ने पनि नेता रावलले बताए।
त्यस्तै कार्यदलका अर्का सदस्य रघुजी पन्तले वार्ता सकारात्मक भएको बताए । केही दिनमै ठोस परिणाम आउने उनको दाबी छ।
बैठक भोलि फेरि ८ बजे बस्ने गरि स्थगित भएको छ।































प्रतिक्रिया