डा. केसीको अनसन तोडाउन दुबै पक्ष सकारात्मकदेखि डोनाल्ड ट्रम्प चुनावी र्यालीका लागि तयार भएको दाबीसम्म (भिडियोसहित)

डा. केसीको अनसन तोडाउन दुबै पक्ष सकारात्मकदेखि डोनाल्ड ट्रम्प चुनावी र्यालीका लागि तयार भएको दाबीसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये सरकारले बुधबार गठन गरेको वार्ता टोली र अनसनरत प्रा. डा गोविन्द केसी पक्षीय प्रतिनिधिमण्डल सकेसम्म छिटो सहमति गरेर अनसन तोडाउने प्रयासमा जुटेका छन् । प्रा. डा. केसीको मागका विषयमा सहमति जुटाउन दुबै वार्ता टोलीबीच बुधबार बिहानबजेदेखि वार्ता भएको थियो । बुधबारको वार्ता कुनै ठोस निष्र्कषमा नपुगेपनि सकारात्मक भएको दुबै पक्षले बताएका हुन् ।

त्यस्तै नेपाल क्रिकेट संघ (क्यान) लाई खुल्ला आवेदनबाट विश्वस्तरीय प्रशिक्षक छान्न सबै पक्षबाट सुझाव आएपछि क्यानले प्रशिक्षकका लागि दरखास्त आव्हान गरिसकेको छ । दरखास्तको मिति अहिले सकिएको छ । तर अहिलेसम्म को–कसले दरखास्त दिएको सर्वाजनिक भने भएको छैन ।

भू—उपयोग ऐन बनेको लामो समयसम्म पनि नियमावली नबनाई जग्गाको कित्ताकाट फुकुवा गरिएपछि संसदीय समितिले प्रश्न उठाएको छ । शुक्रबार बसेको राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिले ऐन बनेको दुई वर्ष वितिसक्दा समेत नियमावली नबनाई कित्ताकाट फुकुवा गर्ने निर्णय संविधान र ऐन विपरित भएको भन्दै प्रश्न उठाएको हो ।

त्यस्तै सरकारले कोभिड–१९ को संक्रमण समुदायस्तरमा फैलिएको बारेमा ‘एन्टिबडी’ परीक्षण गर्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य संघठनको सहयोगमा एन्टिबडी परीक्षणका लागि विज्ञसहितको प्राविधिक टोली आजदेखि सात वटै प्रदेशमा खटाएको हो ।

अमेरिकी राष्ट्रपतीय बहसका लागि अनिच्छुक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी र्यालीका लागि भने तयार रहेको बताएका छन् । गत शुक्रबार कोरोना भाइरसबाट संक्रमित भएका ट्रम्पले एक हप्ता नहुँदै बिहीबार आफूलाई पूर्ण स्वास्थ्य लाभ भइसकेकाले र्यालीमा सहभागी हुन सक्षम रहेको दाबी गरेका हुन् । चिकित्सकहरुले पनि राष्ट्रपति ट्रम्पको थेरापी सकिएको र उनको अवस्था धेरै राम्रो भइसकेको बताएका छन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

Logo