काठमाडौं उपत्यकामा आज ५४३ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ५४३ जना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा आज ५४३ जना संक्रमित थपिएका छन्। जसमा काठमाडौंमा ३९०, ललितपुरमा ८६ र भक्तपुरमा ६७ जना रहेका छन्।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३३३ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख १४ हजार ३२७ पुगेको छ।

नेपालमा आज २ हजार ९७९ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ९०२ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ५४४ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ६ लाख ५० हजार १३५ जना र एन्टीजेन परीक्षणबाट ४० हजार ८१२ जना पुगेको छ। 

आज २८ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ९ हजार २९१ पुगेको छ।

आज ११ हजार ८९८ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३३ लाख ९१ हजार ३७९ जनाको पिसिआर र २ लाख १७ हजार ४२१ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Logo