भक्तपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

भक्तपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो साझा पेट्रोलपम्प अगाडि आफैँले चलाएको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा सङ्खुवासभा चैनपुर घर भई हाल सिन्धुपाल्चोक बाह्रबिसे बस्ने ४३ वर्षीय प्रकाश भट्टराई रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।
 
बिहीबार साँझ काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको बा९३प ९६५२ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको बाँयापट्टिको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका भट्टराईको मध्यपुर अस्पताल थिमिमा उपचारका क्रममा मृत्यु भएको उनले बताए।

Skip This
Skip This
Logo