भारतमा एकै दिन ४२ हजार सङ्क्रमित थपिए, ४५ हजार निको भए

भारतमा एकै दिन ४२ हजार सङ्क्रमित थपिए, ४५ हजार निको भए

केन्द्रबिन्दु
0
Shares

भारतमा गएको चौबीस घण्टामा कोरोनाका ४२ हजार ७६६ सङ्क्रमित थपिएका छन्। यससँगै भारतमा कोरोना भाइरसका कुल सङ्क्रमितकाे संख्या तीन करोड सात लाख ९५ हजार ७१६ पुगेको छ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार हाल चार लाख ५५ हजार ३३ जना सक्रिय सङ्क्रमित छन्। गएको चौबीस घण्टामा तीन हजार ६९४ जना सक्रिय सङ्क्रमित घटेका छन्।

यस्तै गएको चौबीस घण्टामा ४५ हजार २५४ जना सङ्क्रमित निको भएका छन्। हालसम्म दुई करोड ९९ लाख ३३ हजार ५३८ जना निको भएका छन्। 

सोही अवधिमा एक हजार २०६ जना सङ्क्रमितले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाबाट भारतमा चार लाख सात हजार १४५ सङ्क्रमितले ज्यान गुमाएका छन्।

Skip This
Skip This
Logo