अफगान सेनाले गरेको कारबाहीमा ५६ तालिबानी मारिए

अफगान सेनाले गरेको कारबाहीमा ५६ तालिबानी मारिए

केन्द्रबिन्दु
0
Shares

अफगानिस्तानको उत्तरी सिबरगन क्षेत्रमा शुक्रबार यहाँको सेनाले गरेको कारबाहीमा परेर कम्तिमा पनि ५६ जना तालिबानी लडाकूहरु मारिएका छन् ।
 
अफगानिस्तानको सरकारी सैन्य फौजले यहाँका तालिबानहरूका विरुद्धमा गरेको कारबाहीमा परी ५६ जना तालिबानी मारिएका  र अरु १० जना घाइते भएका बताइएको छ । 

अफगानिस्तानको उत्तरी प्रान्त सिबरगनमा सो कारबाही गरिएको थियो । त्यस कारबाहीका क्रममा अरु २३ जना तालिबानी लडाकूहरुलाई यहाँको सेनाले पक्राउ गरेको थियो ।  

त्यस कारबाहीका क्रममा परेर अरु कैयौँ व्यक्ति हराएका पनि समाचारमा जनाइएको छ ।  उक्त भिडन्तमा परी अफगानिस्तानको सेनाका केही सदस्य पनि हताहत भएको हुन सक्ने आशंका गरिएको छ । तर यस विषयमा यहाँको सेनाले भने कुनै जानकारी दिएको छैन ।

सो क्षेत्रमा शुक्रबार रातिदेखि नै भिडन्त भएको थियो । त्यसमा परेर कैयौँ तालिबान घाइते पनि भएका छन् । सो क्षेत्रमा तालिबानहरू लुकेर बसेको सूचनाका आधारमा यहाँको संयुक्त सुरक्षा फौजले हमला गरेको थियो । 

त्यस हमलामा परेर ती तालिबानहरू मारिएका हुन् । अफगान सेनाले कारबाही सुरु गरेपछि तालिबानहरूले पनि सरकारी सुरक्षाफौजमाथि हमला गरेका थिए । सो क्षेत्रका केही समयअघि देखि ती तालिबानहरुले हिंसात्मक कारबाहीलाई जारी राखेका छन् । 

Logo