काठमाडौं उपत्यकामा आज ३९१ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ३९१ जना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा आज ३९१ जना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा २६३, ललितपुरमा ९७ र भक्तपुरमा ३१ जना संक्रमित भेटिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५३३ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख १९ हजार ८९४ पुगेको छ।

नेपालमा आज १ हजार ८३१ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ५९४ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २६ हजार १७३ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ६ लाख ५५ हजार ४४९ जना र एन्टीजेन परीक्षणबाट ४३ हजार ६३९ जना पुगेको छ। 

आज २० जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ३८२ पुगेको छ।

आज ९ हजार २१८ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३४ लाख १४ हजार ४७५ जनाको पिसिआर र २ लाख ३४ हजार ७७७ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Skip This
Skip This
Logo