प्रदेश २ को बजेट लाजलाग्दो !

प्रदेश २ को बजेट लाजलाग्दो !

केन्द्रबिन्दु
0
Shares

प्रदेश २ सरकारले ल्याएको आर्थिक वर्ष २०७८/०७९ को विनियोजन विद्येयकमाथिको छलफलका क्रममा विपक्षी दल एमाले र माओवादी केन्द्रका सांसदले विरोध गरेका छन्।

प्रदेश सभामुख सरोजकुमार यादवले ‘माननीय सदस्यज्यूहरू ! प्रदेश सभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ’ भने लगत्तै एमाले र माओवादीका सांसदहरू उठेर सदन अबरुद्ध पारे।

सो क्रममा बोल्दै एमाले सांसद सुन्दर विश्वकर्माले प्रदेश सरकारले ल्याएको बजेठ लाजलाग्दो, पक्षपातपूर्ण र असन्तुलित भएको टिप्पणी गरे।

त्यसरी ल्याएको बजेटले प्रदेशको समृद्धि र विकास कसरी हुन्छ? भन्दै प्रश्न गरेका छन्। उनले कुन ध्येयबाट बजेट ल्याइएको भन्दै बजेट प्रदेश सरकारको नभएर कुनै नगरपालिका वा कुनै एउटा निर्वाचन क्षेत्रको जस्तो देखिएको बताए।

उनले रेडबुक नभई ब्ल्याकबुक भएको पनि बताए। जुन बजेटलाई सुधार नभएसम्म सदनलाई अगाडि बढाउन नदिइने पनि बताए।

विश्वकर्मापछि बोल्दै माओवादी सांसद दिलिप साहले रेडबुकलाई प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्रीले आफ्नो हिसाबको बुक बनाएको बताए।

उनले बजेट खल्ती भर्न र भ्रष्टाचार गर्नलाई सरकारले ल्याएको भन्दै त्यसै पनि भ्रष्ट सरकार भनेर बदनाम प्रदेश २ भएकोले बदनामीको भार बोक्न तयार नभएको स्पष्ट पारे।
मन्त्रीले आफ्नो क्षेत्रमा मनपरी ढंगले बजेट बनाउन पाइन्छ? भन्दै प्रश्न गरे।

Logo