नेपाली कांग्रेसले शीतलनिवास र बालुवाटारको आवेगको निर्णयलाई सर्वाेच्च अदालतको फैसलाले सच्याएको प्रतिक्रिया दिएको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदमलाई सर्वोच्चले सच्याएको प्रतिक्रिया दिएका छन् ।
उनले भने,‘शीतलनिवास र बालुवाटारको आवेगले गरेको निर्णयलाई सर्वोच्चले विवेकसम्मत फैसलाद्वारा सच्याएको छ।’
सर्वोच्च अदालतले सोमबार संसद विघटन गर्ने राष्ट्रपतिको निर्णय बदर गर्दै विपक्षी गठबन्धनका तर्फबाट प्रधानमन्त्रीमा प्रस्तावित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको छ।































प्रतिक्रिया