सर्वोच्च अदालतको फैसलाप्रति विरोध जनाउन महेश बस्नेतको आव्हान

सर्वोच्च अदालतको फैसलाप्रति विरोध जनाउन महेश बस्नेतको आव्हान

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतको फैसलाप्रति विरोध जनाउन नेकपा एमालेका नेता महेश बस्नेतले माइतीघर मण्डलामा जम्मा हुन नेता कार्यकर्तालाई आह्वान गरेका छन्।

नेपालको इतिहासमा सर्वोच्च अदालत चुकेको दिन भन्दै संसद् पुनःस्थापना गर्ने र देउवालाई प्रधानमन्त्री बनाउने अदालतको आदेशप्रति उनले असन्तुष्टि व्यक्त गर्दै यस्तो आव्हान गरेका हुन् । उनले अदालतको निर्णयलाई निर्दलीय शासन व्यवस्थाको पुनः बिजारोपणको संज्ञा पनि दिएका छन्।

‘व्यवस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाममा सेटिङवाला केही न्यायमुर्तिका नामधारीहरुले हातमा लिएको क्षण। अब देश राजनैतीक द्वन्द्वमा प्रवेश गरेको छ। यो परमादेश कार्यान्वयन असम्भव छ,’ उनले फेसबुकमार्फत प्रतिकृया जनाएका छन्। माइतीघरबाहेक देशभर पनि विरोध प्रदर्शनको आह्वान उनले गरेका छन्।

Skip This
Skip This
Logo