एमाले वरिष्ठ नेता माधवकुमार नेपाल विपक्षी गठबन्धनबाट बाहिरिएका छन्। औपचारिक रूपमै उनी विपक्षी गठबन्धनबाट बाहिरिएका हुन्।
कोटेश्वरमा बसेको गठबन्धनको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले सर्वाेच्च अदालतको फैसलासँगै आफ्नो समूह आजैबाट विपक्षी गठबन्धनबाट अलग हुने बताए। एमाले स्थिायी कमिटीको बैठकमा सहभागी नभइ वरिष्ठ नेता माधव नेपालसहित अन्य एमाले नेता विपक्षी गठबन्धनको बैठकमा बसेका थिए।
बैठकपछि संचारकर्मीहरूसँग बोल्दै एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले वरिष्ठ नेता नेपालले ‘लोकतन्त्र, गणतन्त्र, संघीयता र अग्रगमनका लागि हुने जुनसुकै लडाइँमा मेरो सधैँ साथ रहने बताउनु भएको बताएका छन् ।
अहिले हाम्रो पार्टी फरक परिस्थितिमा एकताको प्रक्रियामा छ र त्यसअनुसार काम अगाडि बढिरहेको छ, त्यसैले अब हाम्रो पार्टी नेकपा एमालेले जे निर्णय गर्छ, त्यसअनुसार पार्टी अगाडि बढ्छ, फरक तरिकाले अगाडि बढ्ने भन्ने हुँदैन, तपाईंहरूले एमालेसँग पनि मुलुकको हितका निम्ति छलफल र सहकार्यको कोसिस गर्नुहोला ।’ नेपाललाई उद्धृत गर्दै स्थायी समिति सदस्य रघुजी पन्तले थपे।
सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि विपक्षी गठबन्धनको बैठक कोटेश्वरस्थित नेता नेपालको निवास नजिकै बसेको थियो।
माधव नेपालको पछिल्लो आशय पार्टी एकता हुनुपर्छ भन्ने भए पनि अब एमाले कसरी अघि बढ्छ त्यो हेर्न बाँकी छ।
त्यस्तै नेपाल समूहका नेता घनश्याम भुसालले पनि अब गठबन्धनमा आफूहरु नरहने प्रष्ट पारेका छन् ।
पार्टी एकता र संसद पुनर्स्थापनापछि गठबन्धन असान्दर्भिक भइसक्यो । अब हामी विपक्षी गठबन्धनमा रहँदैनौं, उनले केन्द्रबिन्दुसँग भनेका छन्।’
संसद पुर्नस्थापना पछि एमाले स्थायी कमिटीको बैठक आज साझ बसेको थियो, उक्त बैठकमा माधव नेपाल पक्ष सहभागि भएको थिएन्।
सोमबार पनि बैठक बोलाइएको छ, त्यसमा जाने वा नजाने माधव नेपाल पक्षले निर्णय गरेको छैन्।































प्रतिक्रिया