आज कांग्रेस पदाधिकारी बैठक बस्दै, सरकार गठन बारे छलफल हुने

आज कांग्रेस पदाधिकारी बैठक बस्दै, सरकार गठन बारे छलफल हुने

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएका छन्।

बैठक आज दिउँसो २ बजे देउवा निवास बुढानिलकण्ठमा बस्ने भएको छ । आजको बैठकमा सरकार गठन तथा सञ्चालनबारे छलफल हुने बताइएको छ।

सर्वोच्च अदालतको आदेश अनुसार देउवाले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। उनले आजै सानो आकारको मन्त्रीमण्डल पनि बनाउने बताइएको छ।

कांग्रेसबाट प्रकाशमान सिंह, शशांक कोइराला, बिमलेन्द्र निधि र बालकृष्ण खाँड लगायत मन्त्री बन्ने सम्भावना छ।

सरकारमा रहने माओवादी केन्द्र, जसपासँगै एमालेको नेता नेपाल पक्षसँग पनि छलफल गरेपछि मात्रै सरकार र मन्त्रालयबारे टुंगो लाग्ने बताइएको छ।

Logo