निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटार छोडेका छन्।
यतिबेला बालुवाटार हुँदै बालकोट जाने सडकमा प्रहरी सुरक्षा तैनाथ पारिएको छ। बालकोट परिसरमा पनि सुरक्षा व्यवस्था कडा पारिएको थियाे ।
ओलीलाई बालुवाटारबाट विदाइ गरि बालकोट पुर्याउन सयौंको संख्यामा नेता तया कार्यकर्ता अहिले बालुवाटार पुगेका थिए।
उनलाई बुधबारमात्र ब्युँतिएको युथ र्फोसले सयौं संख्याको गाडिको स्कटीङका साथ बालकोट तर्फ लगेकाे हाे। सर्वोच्च अदालतको २८ असारको फैसलाले सत्ताच्युत भएका ओली ४१ महिना मुलुकको प्रधानमन्त्री बनेका थिए।
२९ असारमै ओलीले बालुवाटार छोड्ने भनिएपनि उनले बुधबार मात्रै बालुवाटार छोड्न लागेका हुन्।































प्रतिक्रिया