शिक्षालाई प्राथमिकतामा राख्न कांग्रेस शिक्षा विभागद्वारा प्रधानमन्त्रीलाई आग्रह

शिक्षालाई प्राथमिकतामा राख्न कांग्रेस शिक्षा विभागद्वारा प्रधानमन्त्रीलाई आग्रह

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली कांग्रेस शिक्षा विभागले शिक्षा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्न आग्रह गरेको छ। 

विभागका प्रमुख हरिप्रसाद नेपालकाे अध्यक्षतामा बुधबार बसेको बैठकले  प्रधानमन्त्री बनेकाेमा पार्टी सभापतिसमेत रहेका देउवालाई बधाई दिँदै शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरेको हो। 

बैठकले शिक्षालाई प्रमुख प्राथमिकतामा नराखेसम्म दिगो आर्थिक विकासको लक्ष्य, सुशासन र समृद्धितर्फ मुलुक अगाडि बढ्न नसक्ने तथा शिक्षा नागरिकको प्रत्यक्ष सरोकार राख्ने विषयसमेत भएको निष्कर्षका साथ शिक्षा मन्त्रालयको जिम्मेवारी कांग्रेसले लिनुपर्ने निर्णय गरेको विभागका सचिव डा कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

Skip This
Skip This
Logo