कांग्रेस पदाधिकारी बैठक स्थगित

कांग्रेस पदाधिकारी बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ। आज दिउँसो २ बजेका लागि  पदाधिकारी बैठक बोलाइएकाे थियो। तर प्रधानमन्त्री तथा पार्टीसभापति शेरबहादुर देउवाको व्यस्ततापछि बैठक स्थगित गरिएको छ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसारआजकाे बैठक स्थगित गरिएको र शुक्रबार दिउँसो २ बजे बैठक बस्ने तय भएको छ।

१४ औं महाधिवेशन र क्रियाशील सदस्यताबारे देखिएका विवादबारे छलफल गर्न बैठक बस्न लागेको थियो। साथै सरकारमा सहभागी हुने मन्त्रीहरूबारे पनि छलफल गर्ने तयारी थियो।

Skip This
Skip This
Logo