सुशील कोइराला मेमोरियल फाउन्डेशनले प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा कोरोना महामारीको चपेटामा परेको मुलुकले निकास पाउने विश्वास व्यक्त गरेको छ।
नेपाली कांग्रेसको महामन्त्रीसमेत रहनुभएका फाउन्डेसनका अध्यक्ष डा शशाङ्क कोइराला र सदस्य सचिव इञ्जिनीयर अतुल कोइरालाले बुधबार विज्ञप्ति जारी गरी नेपाली जनताको सुख, शान्ति र समृद्धिको सपना पूरा गर्न वर्तमान सरकार सफल हुने कामना गरेका हुन्।
नेपाली कांग्रेसका सभापति र फाउन्डेसनको संरक्षकसमेत रहनुभएका देउवा मुलुकको प्रधानमन्त्री बन्नुभएकामा शुभकामनासहित उहाँको सफल कार्यकालको कामना पनि गरिएको छ। देउवा मङ्गलबार पाँचौँपटक प्रधानमन्त्री पदमा नियुक्त भएका हुन्। सोमबार सर्वोच्च अदालतले कांग्रेस संसदीय दलको नेतासमेत रहनुभएका देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।































प्रतिक्रिया