माधव नेपालसँग विप्लवको भेटवार्ता

माधव नेपालसँग विप्लवको भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लव एमाले वरिष्ठ नेता माधव नेपाललाई भेट्न उनको निवास कोटेश्वर गएका छन्। 

एमालेका वरिष्ठ नेता नेपालसँग भेटवार्ताका लागि विप्लव आज बिहान कोटेश्वरस्थित नेता नेपालको निवास पुगेका हुन्। 

स्रोतले जनाए अनुसार महासचिव विप्लवसँग स्थायी कमिटी सदस्य धर्मेन्द्र बास्तोला पनि गएका छन्।

विप्लवले यसअघि हिजो माओवादीका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए। 

नेपाली राजनीतिमा विप्लवको सक्रियता बढ्दै जानुलाई निकै चासोका रुपमा लिइएको छ।

Skip This
Skip This
Logo