कोभिडविरुद्धको खोपमा निजी क्षेत्रलाई पनि प्राथमिकतामा राख्न सरकारसँग माग

कोभिडविरुद्धको खोपमा निजी क्षेत्रलाई पनि प्राथमिकतामा राख्न सरकारसँग माग

केन्द्रबिन्दु
0
Shares

उद्योग व्यवसायीहरुले कोभिडविरुद्धको खोपमा निजी क्षेत्रलाई पनि प्राथमिकतामा राख्न सरकारसँग माग गरेका छन्।

विहीबार निजी क्षेत्रका व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना तथा बधाई दिन गएका व्यवसायीले कोभिड महामारीको समयमा खाद्यान्न लगायत अत्यावश्यकिय वस्तु आपूर्तिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कोभिडविरुद्धको खोपमा प्राथमिकतामा राख्न माग गरेका हुन् । महासंघका अध्यक्ष शेखर गोल्छाले भेटघाटमा अर्थतन्त्रमा रहेका मुख्य समस्याहरु र उद्योग वाणिज्य महासंघले ल्याएको भिजन पेपरबारे पनि कुराकानी भएको र त्यसमा प्रधानमन्त्री सकारात्मक रहेको जानकारी दिए।

व्यवसायीहरुले विहीबार सिंहदरबारमा प्रधानमन्त्री देउवालाई भेटेर सफल कार्यकालको शुभकामना दिँदै वर्तमान अवस्थामा अर्थतन्त्रमा देखिएका समस्या सम्बोधन गर्न पनि ध्यानाकर्षण गराएका थिए।

Skip This
Skip This
Logo