अर्थ मन्त्रालयद्वारा आर्थिक वर्ष २०७७/०७८ मा ११ खर्ब ८० अर्ब खर्च

अर्थ मन्त्रालयद्वारा आर्थिक वर्ष २०७७/०७८ मा ११ खर्ब ८० अर्ब खर्च

केन्द्रबिन्दु
0
Shares

आर्थिक वर्ष २०७७/०७८ मा ११ सय ८० अर्ब रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ। शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थ सचिव शिशिरकुमार ढुंगानाले आर्थिक वर्ष २०७७/०७८ मा ११ सय ८० अर्ब खर्च भएको जानकारी दिएका हुन् । 

उनले भने,–‘७७/७८ मा हामीले कुल बजेट १४ सय ७४ अर्बको सार्वजनिक गरेका थियौँ, पहिलो जेठ १५ २०७७ मा । मध्यावधि समीक्षा गर्दा त्यसलाई १२ सय ६६ अर्ब खर्च हुन्छ भन्ने संशोधित अनुमान थियो हिजोसम्मको प्रारम्भिक अनुमान अुनुसार ११ सय ८० अर्ब खर्च भएको छ । यो सुरु अनुमानको ८०.०८ प्रतिशत र संशोधित अनुमानको ९३.२० प्रतिशत हुन आउँछ।’

अर्थमन्त्री ढुंगानाले चालु खर्चतर्फ ८ सय ५१ अर्ब खर्च भएको बताए। चालु खर्चको अनुमान ९ सय ४९ अर्ब रहेको र संशोधित अनुमान भने ८ सय ६७ अर्ब रहेको उनले जानकारी दिए। त्यस्तै पुँजीगत खर्चतर्फ ३ सय ५२ अर्ब रुपैयाँ विनियोजन गरिएको र शंशोधित अनुमान २ सय ५१ अर्ब रुपैयाँ रहेकोमा पुँजीगत खर्चतर्फ २ सय २८ अर्ब ४८ करोड रुपैयाँ खर्च भएको बताए।

वित्तिय व्यवस्थापन अन्र्तगत कुल १ सय ७२ अर्ब रुपैयाँ विनियोजन गरिएको र संशोधित अनुमान १ सय ४५ अर्ब रुपैयाँ रहेकोमा कुल एक सय अर्ब रुपैयाँ मात्र खर्च भएको उनले बताए।

त्यसैगरी राजस्वको सुरु अनुमान १० खर्ब ११ अर्ब रुपैयाँ र संशोधित अनुमान ९ खर्ब ५९ अर्ब रहेकोमा राजस्वमा मात्रै ९ सय ३८ अर्ब संकलन भएको अर्थसचिव ढुंगानाले बताए। त्यसमध्ये कर राजस्व ८ सय ७० अर्ब रुपैयाँ र गैरकर राजस्व ६८ अर्ब रुपैयाँ रहेको उनले बताए। त्यसबाहेक अन्य प्राप्तिमार्फत् ४० अर्ब रुपैयाँ प्राप्त गरेको पनि उनले बताए।

अर्थसचिव ढुंगानाले १ सय ६२ अर्ब ६५ करोड रुपैयाँ वैदेशिक सहायता परिचालन हुन सकेको पनि बताए। आन्तरिक ऋणको सिलिङ २ सय २५ अर्बको रहेकोमा २ सय २४ अर्ब रुपैयाँ संकलन गरिएको पनि उनले जानकारी दिए।

Skip This
Skip This
Logo