चिनियाँ राजदूत र प्रधानमन्त्री देउवाबीच भेट: चीनले थप १६ लाख डोज खोप दिने

चिनियाँ राजदूत र प्रधानमन्त्री देउवाबीच भेट: चीनले थप १६ लाख डोज खोप दिने

केन्द्रबिन्दु
0
Shares

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल स्थित चिनियाँ राजदूत होउ यान्छीले शुक्रबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेका छन्।

भेटमा राजदूत होउ यान्छीले सरकारलाई थप १६ लाख डोज खोप उपलब्ध गराउने बताइन्।

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सरकारले  ४० लाख डाेज खोप किन्ने निर्णय गरेकाे थियाे। जस मध्ये ८ लाख बढी डोज खोप पठाइ सकेको छ। अहिले थप १६ लाख डोज भेरोसेल खोप उपलब्ध गराउने भएको हो।

भेटमा राजदूत होउ यान्छीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई उत्तरी छिमेकी देशको तर्फबाट बधाईसमेत दिएकी छिन्।

राजदूत होउ यान्छीले शुक्रबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर बधाई तथा शुभकामना व्यक्त गरेकी हुन्।

Skip This
Skip This
Logo