हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।
नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ। साथै १० बुँदे सहमति अनुमोदन गर्दै कार्यान्वयनमा लैजाने र कार्यदल भंग गर्ने निर्णय गरेको छ । च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुको मात्र उपस्थितिमा स्थायी कमिटी बैठक बसेको थियो ।
यसैबीच प्रमुख प्रतिपक्षी दल एमालेको स्थायी कमिटीको शुक्रबारको बैठकले २८ असारको संवैधानिक इजलासको फैसलाले बहुदलीय व्यवस्थालाई कमजोर तुल्याएको ठहर गरेको छ। एमालेले संवैधानिक इजलासको फैसलाले बहुदलीय व्यवस्था र राजकीय सत्ता नेपाली जनतामा निहीत रहेको संविधानको आधारभूत प्रस्थावनालाई अतिक्रमण गर्दै तिनलाई कमजोर तुल्याएको ठहर गरेको निष्कर्ष निकालेको हो। बैठकले अदालतको फैसलालाई लिएर जनतामा बहस सिर्जना गर्ने निर्णय पनि लिएको एमलो सचेतक विशाल भट्टराईले जानकारी दिए।
आर्थिक वर्ष २०७७/०७८ मा नेपालमा ११ सय ८० अर्ब रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । चालु खर्चतर्फ ८ सय ५१ अर्ब खर्च भएको तथा चालु खर्चको अनुमान ९ सय ४९ अर्ब रहेको र संशोधित अनुमान भने ८ सय ६७ अर्ब रहेको मन्त्रालयले जनाएको हो। त्यस्तै पुँजिगत खर्च तर्फ ३ सय ५२ अर्ब रुपैयाँ विनियोजन गरिएको र शंशोधित अनुमान २ सय ५१ अर्ब रुपैयाँ रहेकोमा पुँजिगत खर्चतर्फ २ सय २८ अर्ब ४८ करोड रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा जल ऊर्जालाई पूर्ण सदुपयोग गरी पेट्रोलियम पदार्थको आयात र प्रयोगमा न्यूनीकरण गर्नुपर्नेमा उर्जामन्त्री पम्फा भुसालले जोड दिएकी छिन्। मन्त्री भुसालले ट्रोलियम पदार्थको पहिलो विकल्पको रूपमा जल ऊर्जासमेत भएको बताइन्। लगानीका हिसाबले ऊर्जा क्षेत्र सुरक्षीत र लाभदायक हुने भन्दै निजी क्षेत्रलाई लगानी गर्न गर्न पनि मन्त्री भुसालले आग्रह गरेकी छिन् ।
चीन सरकारलाई कोभिड–१९ को उत्पत्तिबारे दोस्रो चरणको अनुसन्धानमा अझ धेरै सहयोग गर्न डब्ल्यूएचओले आग्रह गरेको छ। डब्ल्यूएचओको मुख्यालयमा बिहीवार बोल्दै डा. टेड्रोस एड्हानो गेहब्रेयससले आफूहरूलाई महामारी सुरु हुनुभन्दा अगाडिको र सुरु भएको बेलाको बिरामीहरूको अप्रशोधित तथ्याङ्क चाहिएको बताएउँदै सहयोगका लागि आग्रह गरेका हुन् । चीनले अघिल्लो अनुसन्धानका बेला डब्ल्यूएचओको टोलीलाई उक्त तथ्याङ्क उपलब्ध गराएको थिएन। यसैबीच भाइरसका नयाँ र घातक भेरियन्टहरू विश्वभरि फैलिन सक्ने अनुमान लगाउँदै पहिले भन्दा सावधान रहेन सबैलाइ आग्रह पनि गरेको छ।
नेपालले फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप नखेल्ने भएको छ । एसियन भलिबल कन्फेडेरेसन (एभीसी) ले नेपाललाई प्रतियोगिताबाट बाहिर राख्दै खेल तालिका सार्वजनिक गरेको छ । एभीसीले शुक्रबार सार्वजनिक गरेको तालिका अनुसार प्रतियोगितामा आठ टोलीले मात्र प्रतिस्पर्धा गर्ने छन् । कोरोना भाईरसको कारण नेपाललाई प्रतियोगितामा समावेश नगरिएको भलिबल संघले जनाएको छ।































प्रतिक्रिया