नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच नेपाल निवास कोटेश्वरमा आज भेटवार्ता भएको छ। उनीहरुबीच करिव डेढघन्टा कुराकानी भएको छ ।
पाँच दलीय गठबन्धन जोगाउने विषयमा उनीहरुबीच छलफल भएको बताइएको छ। अध्यक्ष प्रचण्ड आज दिउँसो १ः३० बजे नेपाल निवास पुगेका थिए।
यस अघि प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि नेता नेपालको भेट भएको थियो भने प्रचण्डसँग पनि भेट भएको थियो । तर केही दिन यता नेता नेपाल पाँच दलीय गठबन्धनको बैठकमा सहभागी भएका छैनन्। त्यसैले अध्यक्ष प्रचण्ड उनीसँग परामर्श गर्न कोटेश्वर पुगेका हुन्।
नेता नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने उनी निकट नेताहरुले बताइसकेका छन्। साउन २९ गते अघि नै प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
नेता नेपाल पक्षले विश्वासको मत नदिएमा प्रधानमन्त्री देउवालाई बहुमत पुग्ने छैन।





























प्रतिक्रिया