एमालेका दोस्रो पुस्ताका नेताले पार्टीलाई एकताबद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने (भिडियोसहित)

एमालेका दोस्रो पुस्ताका नेताले पार्टीलाई एकताबद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

नेकपा एमालेका नेताहरुले पार्टीलाई एकताबद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने प्रतिवद्धता जनाएका छन्। शनिबार विहान सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले पार्टी एकताका लागि गठित कार्यदलले जुटाएको १० बूँदे सहमति कार्यान्वयन गर्दै अघि बढ्ने निर्णय गरिएको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिएका हुन्। यस्तै नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सोमवार बस्ने भएको छ ।

नेपाली कांग्रेसको आसन्न महाधिवेशन नजिकिँदै गर्दा क्रियाशील सदस्यहरूको छानबिन निकै कठिन विषयका रुपमा लिइएको छ। यद्यपि, कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीमा क्रियाशील सदस्यता छानबिन अन्तिम चरणमा पुगेको बताएका छन् । उनका अनुसार पार्टीको १४ औँँँ महाधिवेशनमा ८ लाख ५२ हजार क्रियाशील सदस्यको इन्ट्री भएको छ। 

असार २८ गते प्रधानमन्त्रीमा नियुक्त भएको कांग्रेस सभापति शेरबहादुर देउवा लाई मन्त्रिपरिषद् विस्तार चुनौतीको विषय बन्दै गएको छ। देउवासहित ५ सदस्यीय मन्त्रीमण्डलबाट काम चलाइरहेका देउवालाई गठबन्धन दलहरूको चित्त बुझाउँदै आसन्न महाधिवेशनमा सभापति पदमा आफ्नो उम्मेद्वारीको प्रभावित नगर्ने गरी उनले निर्णय गर्नु पर्नेछ। जुन विषय देउवाका लागि निकै कठिन देखिएको छ। अझ आफ्नै पार्टीभित्र मन्त्री बन्ने आकांक्षी बढ्दै जाँदा प्रधानमन्त्री देउवालाई झनै अप्ठ्यारो पर्दै गएको छ। 

नेपालमा मनसुनजन्य घटनाले ठूलो धन जनको क्षति हुने गरेको छ। यस वर्ष पनि मनसुन सुरु हुन साथ बाढी र पहिरोका कारण थुपै्र जन धनमा क्षति पुग्यो । यस वर्ष मनसुनका कारण हालसम्म विभिन्न आठ जलविद्युत् आयोजनामा क्षति पुगेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय माताहतको विद्युत् विभागले गरेको अध्ययनले देखाएको छ। यस सन्दर्भमा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान)ले बाढी, पहिरोका कारण क्षति पुगेका आयोजनालाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

अविरल वर्षाले निम्त्याएको शताब्दीकै भीषण बाढीका कारण युरोपेली मुलुकहरू अहिले आतंकित बनेका छन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार हाल १५० जनाभन्दा बढीको मृत्यु भएको छ भने करिब १ सय जना हराइरहेका छन्। बाढीको सबैभन्दा बढी प्रभाव जर्मनीमा पारेको जनाइएको छ । 

Skip This
Skip This
Logo