आर्सनल बराबरीमा रोकियो

आर्सनल बराबरीमा रोकियो

केन्द्रबिन्दु
0
Shares

प्रि-सिजनको तयारी अन्तर्गतकाे पहिलो मैत्रिपूर्ण खेलमा आर्सनल बराबरीमा रोकिएकाे छ । इंग्लिस क्लब आर्सनलले मैत्रीपूर्ण खेलमा स्कटिस क्लब रेन्जर्स एफसीसँग बराबरी खेलेकाे छ । 

शनिबारराति सम्पन्न मैत्रीपूर्ण खेलमा आर्सनलले रेन्जर्ससँग २-२ गोलको बराबरी खेलेको हो। आइब्रोक्स स्टेडियममा खेलको १४ औं मिनेटमा लिओन बालोगुनले गोल गर्दै रेन्जर्सलाई अग्रता दिलाए।

खेलको २३ औं मिनेटमा नुनो ताभरेसले गोल गर्दै आर्सनललाई १-१ गोलको बराबरीमा फर्काए । खेलको ७५ औं मिनेटमा सेड्रिक इट्टेनले गोल गर्दै रेन्जर्सलाई २-१ को अग्रता दिलाए। तर, खेलको ८३ औं मिनेटमा आर्सनलका एड्वार्ड एनकेटीयाले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याउदै  हारबाट जोगाए।

 

Skip This
Skip This
Logo