जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा सहभागिता जनाउने एथलेटिक्स प्रशिक्षक इन्द्रकुमारी मल्ललाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
टोकियो ओलम्पिकका लागि एथ्लेटिक्स टोली जुलाइ २५ मा टोकियो प्रस्थान गर्ने कार्यक्रम थियो । त्यही अनुसार एक सातासम्म कोरोना परीक्षण गर्नुपर्नेमा हिजो पहिलो दिन नै कोरोना संक्रमण पुष्टि भएको नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले जानकारी दिए ।
उनीसँगै परीक्षण गराएकी खेलाडी सरस्वती चौधरीको भने नेगेटिभ रिपोर्ट आएको छ । यद्यपि उनी सिधा कन्ट्रयाक ट्रेसिङमा परेकी छन् । लगातार सात दिनसम्म परीक्षणको नतिजा नेगेटिभ आएमा उनी भने जापान जानेछिन् ।
नेपाल ओलम्पिक कमिटिले आइतबार विज्ञप्ति जारी गर्दै मल्लको स्थानमा यसअघि लङलिस्टमा रहेका सन्तोष श्रेष्ठ जाने उल्लेख गरेको छ । यस विषयमा नेपाल एथलेटिक्स संघ र नेपाल ओलम्पिक कमिटिबीच छलफल भएको थियो ।
नेपालको तर्फबाट एथलेटिक्समा प्रशिक्षकको रुपमा इन्द्र कुमारी मल्ल सहभागी हुने निर्णय भए पनि कोरोना रिपोर्ट पोजेटिभ आएको र टोकियो ओलम्पिक २०२० को आयोजक कमिटिको कोभिड सम्वन्धी नियमअनुसार कोरोना पुष्टि भइसकेपछि सहभागी गराउन नमिल्ने भएकाले उनको स्थानमा श्रेष्ठ जाने भएको नेपाल ओलम्पिक कमिटिले जनाएके छ ।





























प्रतिक्रिया