डा.केसी र सरकारबीचको वार्ता चार बजे फेरी बस्ने

डा.केसी र सरकारबीचको वार्ता चार बजे फेरी बस्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकारी टोली र डा. केसीका प्रतिनिधिबिच भएको वार्ता केही समयका लागि स्थगित भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज (बिहीबार) विहान साढे दश बजेदेखि जारी वार्ता दिउसो ४ बजे फेरि बस्नेगरी स्थागित भएको नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले बताए । उनले विहानदेखि भएको वार्तामा सरकारी टोलीसँग डा. केसीका मागहरुको सम्बन्धमा बुँदागत छलफल भएको बताए । अहिलेसम्म भएको छलफललाई ड्राफ्ट बनाई दुवै पक्षबिच फेरी छलफल भई दिउसो ४ बजे वार्तामा बस्ने सहमति भएको डा. कार्कीले बताए । उनले आफूहरु जतिसक्दो छिटो वार्तालाई निष्कर्षमा पुर्याउन चाहेको समेत बताए।

चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि विभिन्न माग राख्दै डा. केसी २५ दिन यता अनशनरत छन् । सरकारले डा. केसीसँग वार्ता गर्नका लागि बुधबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

जसमा मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी, चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलिप शर्मा सदस्य रहेका छन् । सरकारले वार्ता टोली गठन गरेसँगै डा. केसीको तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय टोली गठन भएको थियो । वार्ता टोलीमा चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, संघका पूर्व अध्यक्ष डा। अन्जनी कुमार झा, अधिवक्ता ओमप्रकाश अर्याल सदस्य रहेका छन्।

Skip This
Skip This
Logo