अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को ७८ औं वार्षिक साधारणसभाले तीन देशलाई एसोसियट राष्ट्रको सदस्यता प्रदान गरेको छ। आईसीसीले स्विट्जरल्यान्ड, मंगोलिया र ताजिकिस्तानलाई एसोसियट राष्ट्रको मान्यता दिएको हो।
आईसीसीको मान्यतासँगै मंगोलिया एसिया क्षेत्रको २२ औं र ताजिकिस्तान २३ औं एसोसियट राष्ट्र बनेको छ। स्विट्जरल्यान्ड भने आईसीसीको सदस्यता पाउने युरोपको ३५ औं राष्ट्र बनेको छ।
तीन राष्ट्रले सदस्यता प्राप्त गरेसँगै आईसीसीको एसोसियट राष्ट्रको संख्या ९४ पुगेको छ । यस्तै आईसीसीसँग आबद्द राष्ट्रको संख्या १ सय ६ पुगेको छ।





























प्रतिक्रिया