एन्फा हेडक्वार्टर तीन दिनका लागि बन्द

एन्फा हेडक्वार्टर तीन दिनका लागि बन्द

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार प्राप्त रिपोर्ट अनुसार एन्फाको स्टोरमा कार्यरत एक कर्मचारीमा कोरोना देखिएको हो ।

कोरोना पुष्टि भएसँगै सम्बन्धित व्यक्तिलाई एकान्तवासमा पठाईएको एन्फाले जनाएको छ । कर्मचारीमा संक्रमण देखिएपछि एन्फा हेडक्वार्टर तीन दिन बन्द रहने भएको छ ।

एन्फा महासचिव इन्द्रमान तुलाधरले कर्मचारी संक्रमित भएको पुष्टि भएकाले केन्द्रिय कार्यालय तीन दिन बन्द राख्ने निर्णय भएको बताए । ‘तत्काललाई शनिबारसम्म कार्यालय बन्द राख्ने निर्णय गरेका छाै‌ँ ।’ उनले भने ।

स्टोरका कर्मचारीको सबैसँग सम्पर्क हुने भएकाले समेत केन्द्रिय कार्यालय बन्द राखिने एन्फाले जनाएको छ । यसअघि एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाका स्वकिय सचिव अनन्त घिमिरे कोरोनाबाट संक्रमित भएका थिए । घिमिरे अहिले एकान्तवासमा रहेका छन् । उनको अवस्था सामान्य रहेको छ ।

Logo