उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी पद्धतीमा बदल्न जरुरी छः अर्थमन्त्री शर्मा

उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी पद्धतीमा बदल्न जरुरी छः अर्थमन्त्री शर्मा

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री जनार्दन शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी पद्धतीमा बदल्नुपर्ने बताएका छन्।

बुधवार नेपाल उद्योग परिसंघको १८ औँ वार्षिक साधारण सभामा अर्थमन्त्री शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्नका लागि नीतिगत  र योजनागत रुपमा नयाँ संकल्पको खाँचो रहेको बताएका हुन्।

अर्थमन्त्री शर्माले स्थानीय तथा प्रदेशस्तरमा साना उद्योगहरुको सञ्जाल निर्माण गर्दै ठूला उद्योगहरु स्थापना गर्नु आवश्यक रहेको पनि बताए। औद्योगिक क्षेत्रमा विशेष लगानी नगरीकन देशलाई आत्मनिर्भर बनाउन नसकिने उनको भनाइ छ। देशको व्यापार घाटालाई निराकरण गर्नका लागि मुख्य आधार नै औद्योगिकिकरण भएको उनले उल्लेख गरे।

अर्थमन्त्री शर्माले अर्थ मन्त्रालयले कोभिड प्रभावित व्यवसायीलाई राहत तथा पुनर्स्थापनाको प्याकेजसहितको कार्यक्रम छिट्टै ल्याउने पनि बताए। कार्यक्रममा उद्योगपति तथा सांसद विनोद चौधरीले देशलाई शिक्षा, स्वास्थ्य तथा आईटीको क्षेत्रमा विश्वको गन्तव्यस्थल बनाउनको निम्ति प्रधानमन्त्री र अर्थमन्त्री समक्ष आग्रह गरे। उनले नेपालमा उद्योगधन्दा सञ्चालन गर्नका लागि विचौलियाको आवश्यकता छैन भन्ने सन्देश विदेशी लगानीकर्तामाझ पुर्याउनु पर्ने पनि बताए। 

नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले नेपाली श्रमशक्तिलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न ठोस नीति निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले भने, ‘करिव ५ लाखको संख्यामा श्रम बजारमा प्रवेश गर्ने नेपाली श्रम शक्तिलाई स्वदेशमा स्वरोजगार एवम् रोजगारीको सिर्जना अवसर गर्ने ठोस नीति, निर्माण गरी अघि बढाउनु आजको आवश्यकता हो।’

अग्रवालले नीजि क्षेत्र कोभिड–१९ विरुद्धको खोपबाट अझै वञ्चित रहेको भन्दै औद्योगिक क्षेत्रका श्रमीक तथा मजदुरलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

Logo