घरबाटै उद्योग दर्ता गर्न सकिने व्यवस्था आउँदै

घरबाटै उद्योग दर्ता गर्न सकिने व्यवस्था आउँदै

केन्द्रबिन्दु
0
Shares

घरबाटै उद्योग दर्ता गर्न सकिने भएको छ। उद्योग विभागले अनालइनबाटै उद्योग दर्ता गर्न सकिने व्यवस्था गर्ने भएपछि घर बसीबसी उद्योग दर्ता गर्न सकिने भएको हो। 

त्यस किसिमको अनलाइन उद्योग दर्ताका लागि विभागले प्रणालीको विकास गर्दैछ। त्यसका लागि विभागले टेन्डर आह्वान गरिसकेको छ। चालु आर्थिक वर्षभित्रै अनलाइन दर्ता प्रणाली सञ्चालनमा आउने भएको छ।

कागजात बोकेर उद्योग विभागमा गएर दर्ता गर्नुपर्ने झन्झटिलो प्रकृया हाल नेपालमा प्रयोगमा रहेको छ। अनलाइन प्रणाली आएपछि भने घरमै बसेर दर्ता गर्नुका साथै प्रमाणपत्र पनि पाउन सकिनेछ।

Logo